नियम १५
उपरजिस्ट्रारको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारका अतिरिक्त उपरजिस्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) रजजिस्ट्रारले अधिकार प्रत्यायोजन गरी तोकिदिएका कामहरू गर्ने,

(ख) अदालतको काम सुचारु रूपले चलाउन रजिस्ट्रारलाई सहयोग गर्ने, र

(ग) जजिस्ट्रार अनुपस्थितिमा निजको अधिकार प्रयोग गर्ने।